सप्तरीमा कोरोना संक्रमित हुने प्रहरीको संख्या ३८ पुगेको छ । मङ्गलबार एक प्रहरी नायव निरीक्षक (सई)लाई कोरोना संक्रमण देखिएपछि सो संख्या पुगेको हो ।
इलाका प्रहरी कार्यालय कञ्चनपुर, सप्तरीमा कार्यरत ४५ वर्षीय सईलाई कोरोना देखिएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा गरिएको परीक्षणमा सिरहाको धनगढी नगरपालिका निवासी सईमा कोरोना देखिएको प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यसअघि नै प्रदेश प्रहरी तालिम केन्द्र प्रदेश नम्बर २ सम्पर्क कार्यालय राजविराज अन्तर्गत २९ जना र जिल्ला प्रहरी कार्यालय सप्तरी अन्तर्गत ८ जना प्रहरी कोरोनाबाट संक्रमित भएका थिए ।
सप्तरीमा कोरोना संक्रमितको सङ्ख्या ८०७ पुगेको छ । कोरोना संक्रमण भएर ६ जनाको मृत्यु भएको छ भने मङ्गलबारसम्म ६०५ जना निको भई घर फर्किएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।