कोरोनाबाट ९७ वर्षीय वृद्धको मृत्यु
फाइल फोटो

 वीरगन्जमा कोरोनाबाट ९७ वर्षीय वृद्धको मृत्यु भएको छ । वीरगन्जस्थित गण्डक अस्थायी कोभिड अस्पतालमा उपचाररत बाराका वृद्धको बुधबार बिहान मृत्यु भएको नारायणी अस्पतालले जानकारी दिएको छ । बारा सिम्रौनगढ नगरपालिका–९ का ९७ वर्षीय वृद्धमा भदौ १४ गते कोरोना संक्रमण रहेको पुष्टि भएको थियो ।
 
मुटुको रोग रहेका वृद्धमा निमोनियाको समस्या देखिएपछि भदौ १२ गते वीरगन्जकै तराइ अस्पालमा भर्ना गरिएको थियो ।

त्यसपछि गरिएको परीक्षणमा कोरोना संक्रमण देखिएपछि भदौ १४ गते गण्डक कोभिड अस्पताल सारिएको थियो । उपचारका क्रममा राति १ बजे वृद्धको मृत्यु भएको  नारायणी अस्पतालले जनाएको छ ।





  • प्रकाशित मिति : भदौ १७, २०७७ बुधबार ९:४:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया