रामचन्द्र पौडेलको माग-‘रेलमार्गको ठेक्का रोकेर छानबिन गरियोस्’

नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेलले रेलमार्गको ठेक्का प्रक्रियाको छानबिन गर्न माग गरेको छन् । बुधबार एक विज्ञप्ति जारी गर्दै पौडेलले  काकडभिट्टा इनरुवा रेलमार्गको ठेक्का प्रक्रिया तत्काल रोकेर छानबिन गर्न माग गरेका हुन। 

परियोजना निर्माणस्थलको धरातल प्रष्ट नभई सार्वजनिक खरिद ऐन ८, ९, १० र १५ तथा खरिद नियमावली (६) विपरित रेलमार्ग निर्माणका लागि खुला प्रतिस्पर्धाबिना निश्चित ठेकेदारलाई पोस्ने गरी हचुवाका भरमा ठेक्का दिनु गलत भएको पौडेलले बताएका छन् । 

‘राष्ट्रिय ढुकुटीबाट रेलमार्ग निर्माणका नाममा ३५ अर्ब रूपैयाँ हचुवाका भरमा खर्च गर्नु अनुचित छ’ पौडेले भनेका छन्‘ रेलमार्गमा पर्ने बजारको व्यवस्थापन र जनताले उपभोग गर्दै आएको जग्गाको मुआब्जा वितरण समेत नगरी रेलमार्ग निर्माणको प्रक्रिया थाल्न सर्वथा गलत छ।’ 

उनले तत्काल प्रकृया रोकेर  त्यसबारे छानबिन गर्न संसदको लेखा समिति, विकास समिति, सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका निकायसँग माग गरेका छन् । 





  • प्रकाशित मिति : भदौ १७, २०७७ बुधबार १७:९:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया