भारतमा कोरोनाको ‘विश्व रेकर्ड’

भारतमा पछिल्ला केही साता यता प्रत्येक दिन कोरोनाभाइरसले नयाँ रेकर्ड बनाइरहेको छ । 

अब एक दिनमा भारतमा जति कोरोनाभाइरस संक्रमित थपिएका छन्, त्यसले विश्वमा नै रेकर्ड बनाएको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा अर्थात् एक दिनमा भारतमा ८२ हजार ८ सय ६० जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । 

यो अहिलेसम्म कोरोनाभाइरस महामारी सुरु भएपछि एकै दिनमा एउटा देशमा सबैभन्दा धेरै संक्रमित थपिएको घटना हो । यसअघि पनि यो साता भारतमा दैनिक कम्तिमा पनि ६० हजारभन्दा धेरै कोरोनाभाइरस संक्रमित थपिएका थिए ।

योसँगै अब भारतमा कोरोनाभाइरस संक्रमितको संख्या ३६ लाख ९१ हजार ६ सय ६६ पुगेको छ । 

भारतमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या पनि निकै धेरै छ । अमेरिका र ब्राजिलपछि भारतमा सबैभन्दा धेरैले कोरोनाका कारण ज्यान गुमाएका छन् । पछिल्लो तथ्यांकअनुसार अब भारतमा ६५ हजार २ सय ८८ जनाले कोरोनाभाइरसका कारण ज्यान गुमाएका छन् ।





  • प्रकाशित मिति : भदौ १८, २०७७ बिहीबार २:४:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया