बाग्लुङमा बस्ती नै बाढीले बगायो, १२ जना बेपत्ता

बाग्लुङ जिल्लामा बाढीले बस्ती नै बगाउँदा कम्तिमा पनि १२ जना बेपत्ता भएका छन् । बाग्लुङको ढोरपाटन नगरपालिका ९ को सुकुर्दुङ खोलामा बाढी आउँदा कम्तिमा पनि १० घर बगेका छन् । 

यो खोलामा अचानक हिजो राति बाढी आएको थियो । बाढीमा १० घरका कम्तिमा पनि १२ जना हराइरहेका छन् ।

रातिको समयमा खोला उर्लिएर आउँदा क्षति भएको बताइएको छ । तर, अहिलेसम्म यसका कारण भएको क्षतिको वास्तविक तथ्यांक आइसकेको छैन । प्रहरीले त्यहाँका बस्तीका मानिसलाई बाढीले बगाएको हुनसक्ने अनुमान गरेको छ ।

घटनास्थलमा प्रहरी रातिदेखि नै परिचालन गरिएको छ ।





  • प्रकाशित मिति : भदौ १८, २०७७ बिहीबार ९:७:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया