सुनचाँदीको मूल्यमा पुनः गिरावट आएको छ ।
गत मंगलबारदेखि घट्न थालेको सुनचाँदीको मूल्य बिहीबार पनि घटेको छ । बुधबारको तुलनामा बिहीबार सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुन तोलाको ९६ हजार ५ सय रुपैयाँ कायम गरेको छ । हिजो तोलाको ९७ हजार २ सय तोकिएको थियो ।
यस्तै तेजाबी सुन पनि तोलामा ७ सय रुपैयाँले नै झरेर ९६ हजार कायम भएको छ । हिजो तोलाको ९६ हजार ७ सय थियो ।
यसैगरी चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले गिरावट आएको छ । हिजो तोलाको १ हजार ३६५ रहेको चाँदी आज १ हजार ३४५ मा झरेको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेपछि त्यसको प्रभाव नेपालमा देखिने गर्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।