किन खुलेनन् आन्तरिक उडान ?

वायुसेवा सञ्चालक संघ नेपाल (एओएएन) ले सरकारको अकर्मण्यताका कारण आन्तरिक हवाई उडानमा अन्योल बढेको बताएको छ ।

सञ्चालकहरूले कोरोना संक्रमण हुनै नदिने गरी सम्पूर्ण स्वास्थ्य मापदण्ड पूरा गरेर उडान गर्ने बताए पनि सरकारी निष्कृयताका कारण आन्तरिक उडानमा ढिलाइ भएको सञ्चालक संघको भनाइ छ । सञ्चालक संघका अध्यक्ष रामेश्वर थापाले सम्पूर्ण ‘स्वास्थ्य प्रोटोकल’ पूरा गरी उडानको तयारीमा सञ्चालकहरू रहे पनि सरकारको पछौटेपनका कारण समस्या देखिएको बताए ।

विश्व स्वास्थ्य संगठन, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाल वायु सेवा निगमले जारी गरेका मापदण्डअनुसार आन्तरिक उडान गर्न सञ्चालकहरू सक्षम रहे पनि खुला नगरेको भन्दै उनले तिव्र असन्तुष्टि जनाए ।

सम्पूर्ण स्वास्थ्य मापदण्ड पूरा गरेर संक्रमण नहुने अवस्थालाई मध्यनजर गर्दै काम गर्न सक्ने अवस्थामा वायु सेवा सञ्चालक भए पनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पछौटेपनका कारण उडान खुला हुन नसकेको उनको भनाइ छ । 

भदौ १६ गतेबाट विदेशमा अलपत्र नागरिकहरूको उद्धारका लागि सरकारले नियमित अन्तर्राष्ट्रिय उडान खुला गरे पनि आन्तरिक उडान खोलेको छैन । प्राविधिक, जनशक्ति र सम्पूर्ण स्वास्थ्य प्रोटोकलका हिसाबले तयार हुँदा पनि ढिलोमा असोज १ गतेबाट सरकारले आन्तरिक उडान खुला नगरे पर्यटन क्षेत्रका सबैले व्यवसाय बन्द गरेर तालाचाबी सरकारलाई बुझाइने उनले बताए । 

मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले पर्यटन क्षेत्र र वायु सेवा क्षेत्रका लागि सकारात्मक निर्णय गरे पनि सरकारले अहिलेसम्म वायु सेवा क्षेत्रलाई पर्यटन उद्योगमा राख्ने कि यातायातमा राख्ने भन्ने निर्णय समेत गर्न नसकेको उनले बताए ।



कोरोना संक्रमणको जोखिम कम गर्न सरकारले गत वर्षको चैत ११ गतेबाट लक डाउन गरेको थियो । ४ महिनाको लक डाउन सकिए पनि आन्तरिक हवाई उडान सञ्चालन हुन सकेका छैनन् ।

सरकारले केही दिनअघि विदेशमा अलपत्र नागरिकलाई उद्धार गर्न उद्धार उडान र अन्तर्राष्ट्रिय नियमित उडान सुरु गर्ने निर्णय गरेको छ । केही समय छोटो दूरीका यातायात खुले पनि उपत्यका लगायत विभिन्न जिल्लामा निषेधाज्ञा जारी भएपछि यातायात सेवा पनि बन्द छ ।



  • प्रकाशित मिति : भदौ १८, २०७७ बिहीबार १४:२३:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया