सेयर बजारमा खतिवडा प्रभाव, शून्य दशमलव १५ अंक ओर्लियो  नेप्से

यो साता आइतवारेदेखि नै बढेको सेयर बजार अन्तिम कारोबार दिन बिहीवार भने झिनो रुपमा घटेर बन्द भएको छ  । बुधवार २५ दशमलव ५८ अंक बढेर १ हजार ५१० दशमलव ५७ विन्दुमा पुगेको बजार बिहीवार शून्य दशमलव १५ अंक घटेर १ हजार ५१० दशमलव ४२ विन्दु कायम गरेको हो । 
यो साता बजारमा अर्थमन्त्रीको नाममा  चलखेल भएको विश्लेषण पनि भएको छ । यसको वास्तविकता भने आगामी कारोबारमा मात्र थाहा हुनेछ । किनकि, वर्तमान अर्थमन्त्री रहन्छन् कि पदमुक्त हुन्छन् भन्ने विषय सम्भवतः बिहीबार नै टुंगो लाग्नेछ ।  

१ हजार ५२४ दशमलव १९ विन्दुदेखि खुला भएको बिहीबारकाे बजार १ हजार ५२६ दशमलव १३ विन्दुसम्म पुगेको थियो भने १ हजार ४९७ दशमलव ४७ विन्दुसम्म झरेको थियो । दिनभर उतारचढाब देखिएको बजार अन्तिममा स्थिर भएर बन्द भएको हो । यो दिन ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स भने शून्य दशमलव १४ अंक बढेर ३०४ दशमलव ७३ विन्दुमा पुगेको छ ।

बुधवार ४ अर्ब १८ करोड १० लाख ३६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा बिहीवार भने २ अर्ब ६३ करोड ४८ लाख ८६ हजार रुपैयाँको मात्र सेयर कारोबार भएको छ । यस दिन १८६ ओटा कम्पनीको सेयर कारोबार भएको छ । ती कम्पनीको ३९ हजार २०५ पटकको व्यापारमा उक्त रकम बराबरको रू. ९३ लाख २ हजार ९७० कित्ता सेयर खरीदविक्री भएको हो । 

बिहीवारको कारोबारमा पनि नेपाल पुनर्बीमा कम्पनीको ४१ करोड ५७ लाख ७ हजार रुपैयाँ बराबरको सेयर खरीदविक्री भएको छ । यस दिन कम्पनीको सेयरमूल्य भने घटेको छ । बुधवार रू. ९०१ अन्तिम मूल्य कायम भएको नेपाल पुनर्बीमा कम्पनीको मूल्य बिहीवार रू. १२ ले घटेर रू. ८८९ कायम भएको हो ।

बिहीवारको कारोबारमा होटल समूहको परिसूचक सबैभन्दा बढी २ दशमलव १ प्रतिशतले बढेको छ । त्यस्तै अन्य समूहको १ दशमलव २२ प्रतिशत, वित्त समूहको शून्य दशमलव शून्य एक प्रतिशत, निर्जीवन बिमाको शून्य दशमलव ९१ प्रतिशत, लघुवित्तको शून्य दशमलव ३ प्रतिशत, जीवन बिमाको शून्य दशमलव १७ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव ५३ प्रतिशत परिसूचक बढेको छ । 

बुधवार सर्वाधिक ९ प्रतिशतभन्दा बढीले बढेको जलविद्युत समूहको परिसूचक बिहीवार भने २ दशमलव २६ प्रतिशत घटेको छ । यस दिन बैंकिङ समूहको शून्य दशमलव २४ प्रतिशत, व्यापारिक समूहको १ दशमलव शून्य ७ प्रतिशत, विकास बैंकको शून्य दशमलव २६ प्रतिशत र उत्पादन तथा प्रशोधन समूहको १ दशमलव १८ प्रतिशत परिसूचक घटेको छ ।



बिहीवार सबैभन्दा बढी सेयरमूल्य उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड, अरुण कावेली, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्ट र जोशी हाइड्रोको बढेको छ । उन्नति सहकार्यको ९ दशमलव ९२ प्रतिशत, अरुण कावेलीको ९ दशमलव ८७ प्रतिशत, एनआरएनको ९ दशमलव ८२ प्रतिशत र जोशी हाइड्रोको ९ दशमलव शून्य ९ प्रतिशतले सेयरमूल्य बढेको हो ।

यस दिन सबैभन्दा बढी मूल्य घट्ने कम्पनी पाँचथर पावर र हिमालयन पावर पार्टनर रहेका छन् । बुधवार १० प्रतिशतले बढेको पाँचथर पावरको सेयरमूल्य बिहीवार ६ दशमलव ९९ प्रतिशत घटेको छ । त्यस्तै बुधवार ९ दशमलव ९४ प्रतिशत बढेको हिमालयन पावर पार्टनरको सेयरमूल्य बिहीवार भने ६ दशमलव २१ प्रतिशत घटेको छ ।
 



  • प्रकाशित मिति : भदौ १८, २०७७ बिहीबार १६:१६:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया