देशभर कहाँ कति थपिए कोरोना संक्रमित ?

देशभर कोरोना महामारीको प्रकोप बढ्दो छ । पछिल्लो २४ घण्टामा मुलुकका ५३ जिल्लामा कोरोना संक्रमित फेलापरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय राजधानी काठमाडौंमा मात्रै अहिलेसम्मकै बढी ३५७ जना कोरोना संक्रमित थपिएका छन् ।

उपत्यकाभरि ४४५ जना संक्रमित थपिएका छन् । गत आइतबारयता मात्रै उपत्यकामा दुई हजार ४१ जना कोरोना संक्रमित थपिएका छन् । 

पछिल्लो २४ घण्टामा झापामा १२, मोरङमा ४६, धनकुटामा तीन र ओखलढुंगामा सात, तेह्रथुम र उदयपुरमा दुई–दुई, संखुवासभामा ६, सुनसरीमा २७ जना संक्रमित थपिएका छन् । 

त्यसैगरी, सप्तरीमा एक, धनुषामा ६४, महोत्तरीमा २० र सर्लाहीमा १०९, बारामा ७१, पर्सामा ६५, रौतहटमा २९ संक्रमित बढेको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार रामेछापमा एक, दोलखामा पाँच, भक्तपुरमा ४२ र धादिङमा तीन, काठमाडौंमा ३५७, काभ्रेमा सात, ललितपुरमा ४६, नुवाकोटमा चार, सिन्धुपाल्चोकमा तीन, चितवनमा ५६ तथा मकवानपुरमा थप २२ जनामा कोरोना संक्रमण भएको छ ।

त्यस्तै, बागलुङमा एक, गोरखामा पाँच, कास्कीमा ३१ र लमजुङमा नौ, पूर्वीनवलरासीमा ६, तनहुँमा तीन र
कपिलवस्तुमा थप ११ जना कोरोना संक्रमित थपिएका छन् । 



पश्चिम नवलपरासीमा नौ, रुपन्देहीमा ५२, गुल्मीमा १०, पाल्पामा दुई, दाङमा चार र प्युठानमा दुईजना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । 

बाँके र बर्दियामा थप आठ–आठ, सल्यानमा दुई, कालिकोटमा दुई, सुर्खेतमा सात, दैलेखमा ६ र जाजरकोटमा एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  



त्यसैगरी, कैलालीमा १५, अछाममा ६, डोटीमा चार, बझाङमा १०, कञ्चनपुरमा तीन, बैतडी र दार्चुलामा दुई–दुई जनामा कोरोना संक्रमण भएको मन्त्रालयले जानकारी दिएको छ । 

पछिल्लो २४ घण्टामा देशभर एक हजार २२८ जनामा कोरोना संक्रमण भएको छ । तीमध्ये ३९४ महिला र ८३४ पुरुष छन् । 

  • प्रकाशित मिति : भदौ १८, २०७७ बिहीबार १७:२३:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया