वामदेवलाई राष्ट्रिय सभामा लाने नेकपा सचिवालयको निर्णय

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को  सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनित गर्न सिफारिस गर्ने निर्णय गरेको छ । 

बिहीबार दिउँसो बालुवाटारमा बसेको सचिवायल बैठकले यस्तो निर्णय गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओलीलाई उद्धृत गर्दै जानकारी दिएका छन् ।

साथै बैठकमा कार्यदलले बुझाएको प्रतिवेदनमा छलफल गरी ठोस कार्ययोजना बनाई प्रस्ताव प्रस्तुत गरिने निर्णय भएको पार्टीको प्रचार विभागका सहसंयोजकसमेत रहेका थापाले बताए । 

राष्ट्रिय सभामा राष्ट्रपतिले मनोनित गर्ने तीन मध्ये एक पद रिक्त छ । गत फागुनमा अर्थमन्त्री युवराज खतिवडाको दुई वर्षे कार्यकाल सकिएपछि उक्त पद रिक्त भएको थियो । खतिवडालाई अर्थमन्त्रीमा पुनः नियुक्ति गरिए पनि राष्ट्रिय सभामा उनलाई पुनः नियुक्ति गरिएको थिएन ।





  • प्रकाशित मिति : भदौ १८, २०७७ बिहीबार १८:११:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया