दक्षिण कोरियामा १८ नेपालीमा कोरोना संक्रमण

सरकारी कामदार कोटामा दक्षिण कोरिया गएका १८ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरियामा नेपालीलाई कोरोना संक्रमण भएको पुष्टि भएको यो पहिलोपटक हो । 

दक्षिण कोरियाको सरुवा रोग नियन्त्रण विभागका अनुसार कोरियाको चोङ्नामस्थित हानुल नोङ्सान नामक एक फुड कम्पनीमा कार्यरत १८ नेपालीमा सङ्क्रमण पुष्टि भएको हो ।

सुरुमा कम्पनीमा कार्यरत २० वर्षीया नेपाली युवतीमा कोरोना पुष्टि भएको थियो । उनमा कोरोना संक्रमण पुष्टि भएपछि सँगै कार्यरत अन्यको पनि परीक्षण गर्दा थप १७ जनामा कोरोना पुष्टि भएको हो ।

सो कम्पनीमा ४४ जना कार्यरत थिए । बाँकी २६ जनालाई आइसोलेसनमा राखिएको छ । उनीहरूसँंग सम्पर्कमा रहेका थप १३१ जनाको पनि परीक्षण भइरहेको सरुवा रोग नियन्त्रण विभागले जनाएको छ ।
 





  • प्रकाशित मिति : भदौ १८, २०७७ बिहीबार १९:२०:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया