जुम्लाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापालाई कोरोना संक्रमण पुष्टि भएको छ । आज बिहान परीक्षणका लागि स्वाब दिएका उनको साँझ ६ बजे कोरोनाको रिपोर्ट पोजेटिभ आएको हो ।
कोरोना पुष्टि भएको स्वीकार गर्दै उनले भने, ‘जनताको जीवनको सुरक्षा गर्ने सिलसिलामा काँधमा आएको जिम्मेवारी पूरा गर्न र जिल्लाभित्रका विभिन्न स्थानीय तहले निर्माण गरेका आइसोलेशन अनुमगन गर्दा कोरोना पुष्टि भयो ।’
प्रजिअलाई अहिलेसम्म कोरोना संक्रमणको कुनै लक्षण नदेखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला निर्देशक मंगल रावले बताए । स्रोतका अनुसार संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेशनमा बसेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।