भारतमा कोरोनाभाइरसः एकै दिन भएका तीन रेकर्ड

भारतमा कोरोनाभाइरस महामारीले प्रत्येक दिन नयाँ नयाँ रेकर्ड बनाइरहेको छ । बिहीबार भारतमा अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिएका छन् । यो भारतमा भेटिएका सबैभन्दा धेरै संक्रमित मात्र होइनन, विश्वमा एकै दिन सबैभन्दा धेरै संक्रमित पनि भारतमा बिहीबार भेटिएका हुन् । 

भारतमा बिहीबार ८३ हजार ८ सय ८३ जना कोरोना संक्रमित भेटिएका थिए । यतिमात्र होइन, भारतमा बिहीबार नै ११ लाख ७० हजार परीक्षण गरिएको थियो । एकै दिनमा भारतमा यति धेरै परीक्षण गरिएको यो पहिलो पटक हो ।

बिहीबार नै भारतमा एकै दिनमा ६८ हजार ५ सय ८४ जनाले कोरोना जिते । यो पनि बिहीबार भारतमा एकै दिन सबैभन्दा धेरैले कोरोना जितेको दिन हो ।





  • प्रकाशित मिति : भदौ १९, २०७७ शुक्रबार ९:४९:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया