के विष्णु पौडेल बन्दैछन् अब अर्थमन्त्री ?

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रिय सभामा उपाध्यक्ष वामदेव गौतमलाई लैजाने निर्णय गरेसँगै अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकाल सकिँदै छ । उनको कार्यकाल सकिए सँगै नेकपामा अब को अर्थमन्त्री बन्ला भन्ने विभिन्न अनुमान र अड्कलबाजी हुन थालेका छन् । 

यो अनुमानको अग्रस्थानमा आएको छ, पूर्वअर्थमन्त्री तथा नेकपा महासचिव विष्णु पौडेलको नाम ।

अर्थमन्त्रीमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूनिकट नेतालाई ल्याउन खोजेको र यसअघि पनि अर्थको जिम्मेवारी सम्हालिसकेकाले पौडेललाई प्राथमिकतामा राखेको ओलीनिकट स्रोतले फरकधारलाई बताएको छ ।

तर, यस विषयमा अहिलेसम्म ओली र पौडेलबीच छलफल भइनसकेको पनि स्रोतको दाबी छ । पौडेलले चाहिँ आफूनिकट अन्य नेताहरुसँग जिम्मेवारी बहन गरेर पार्टी र सरकारलाई आफूले सहयोग गर्न सधैं तयार रहेको बताउन थालेका छन् ।

त्यसो त नेकपाकै नेता सुरेन्द्र पाण्डे पनि अर्थमन्त्री हुनसक्ने सम्भावित सांसद हुन् । यसअघि मन्त्रिपरिषद् रिसफल गर्दा नै प्रधानमन्त्री ओलीले पाण्डेलाई अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्न आग्रह गरेको पाण्डेनिकट एक नेताले बताएका छन् । तर, त्यति बेला पाण्डेले अर्थमन्त्री डा. खतिवडाको कार्यकालको टुङ्गो लागेपछि मात्र आफूले यस विषयमा निर्णय दिने प्रधानमन्त्री अ‍ोलीलाई जवाफ दिएका थिए ।





  • प्रकाशित मिति : भदौ १९, २०७७ शुक्रबार १०:९:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया