नेपालका युवा क्रिकेटर सन्दीप लामिछाने अहिले क्याराबिन प्रिमियर लिग(सीपीएल) खेल्न क्याराबिन राष्ट्र ट्रिनीडाड एण्ड टोबागोको ट्रिनीडाड सहरमा छन् ।
उनले सन्तोषजनक प्रदर्शन पनि गरिरहेका छन् । आजै नै सीपीएलमा सन्दीपको टोली सेमिफाइनमा पुग्न सफल भएको छ । यसैबीच सन्दीपले बिहीबार ललितपुरमा भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । शुक्रबार बिहान ट्वीटरमा लेख्दै उनले ललतिपुरमा जे भएको थियो त्यो नहुनु पर्ने बताएका छन्।
‘ललितपुरमा अविश्वासनीय र दुःखद् घटना घट्यो, जुन नहुनु पर्ने थियो’ उनले ट्वीटरमा लेखेका छन् ।
बिहीबार मछिन्द्रनाथको जात्राका क्रममा ललितपुरका स्थानीय र प्रहरीबीच झडप भएको थियो । आक्रोशित भीडले ड्यूटीमा रहेका ट्राफिक प्रहरीका जवानमाथि कुटपिट गरेका पनि थिए।
Just unbelievable! Saddened by the incident happened in Lalitpur. Wish, It shouldn't have happened.
— Sandeep Lamichhane (@Sandeep25) September 4, 2020
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।