निजी ल्याबमा परीक्षण गराई कोरोना पोजेटिभ देखिएमा बिमा कम्पनीबाट दाबी भुक्तानी लिन नपाइने भएको छ । पछिल्लो निजी ल्याबले मिलेमतोमा नेगेटिभ देखिएका बिरामीलाई पनि पोजेटिभ भन्दै रिपोर्ट बुझाएर बिमा दाबी गरेको पाइएको भन्दै समितिले यस्तो निर्देशन दिएको हो ।
समितिले निजी ल्याबमा गरेको परीक्षणबाट पोजेटिभ देखिएमा बिमा दाबी भुक्तानी नगर्न सबै बिमा कम्पनीलाई सर्कुलर जारी गरेको छ । बिमा भुक्तानीका लागि निजी ल्याबले मिलेमतो गरी पोजेटिभ रिर्पोट बनाएर फर्जी काम गरेको फेला परेपछि दाबी भुक्तानीमा कडाई गरिएको समितिले जनाएको छ ।
‘कोभिडको दाबी भुक्तानी दिँदा स्वास्थ्य मन्त्रालय अन्तर्गतका ल्याब तथा अस्पतालमा भएको परीक्षण रिपोर्टका आधारमा मात्रै दिनु होला’ समितिद्वारा जारी सर्कुलरमा उल्लेख छ ।
कोरोना बीमा मापदण्ड २०७७ मा स्वास्थ्य मन्त्रालय अन्तर्गतका निकायबाट पिसिआर परीक्षण गर्दा कोरोना भाइरस संक्रमण देखिएको प्रमाण पेश भएमा ७ दिनभित्र दाबी भुक्तानी गर्नुपर्ने उल्लेख छ । संक्रमितका लागि ५० हजारदेखि १ लाख रुपैयाँको कोरोना बिमा गरिएको छ ।
कोरोना पोजेटिभ देखिने बित्तिकै भुक्तानी पाउने भएकाले पछिल्लो समय धेरैले यस्ता फर्जी रिपोर्ट बनाइएको तथ्य खुलेपछि दाबी भुक्तानीमा कडाइ गरेको बिमा समितिले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।