युवराज खतिवडाले आज बेलुकी राजीनामा दिने

अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले राजीनामा दिने भएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा मन्त्री खतिवडाले आज (शुक्रबार) साँझ नै राजीनामा दिने बताएका हुन् ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा बिहीबार प्रधानमन्त्री ओलीले राष्ट्रियसभा सदस्यमा रिक्त एक सिटमा उपाध्यक्ष वामदेव गौतमलाई सिफारिस गर्ने निर्णयमा पुगेको सुनाएका थिए ।

राष्ट्रियसभाको एक सिटमा गौतमलाई सिफारिस गरेपछि खतिवडाको संसद सदस्य हुने बाटो तत्कालका लागि बन्द भएको हो । त्यससँगै खतिवडाले मन्त्री पदबाट राजीनामा दिने बताएका हुन् । 

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अप्ठ्यारो बेला सरकारमा बसेर काम गरेको भन्दै खतिवडालाई धन्यवाद दिएका थिए ।
 





  • प्रकाशित मिति : भदौ १९, २०७७ शुक्रबार १५:६:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया