‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ नाराका साथ सञ्चालित एनआइसी एशिया बैंकले प्रदेश ५ का विभिन्न विद्यालयलाई सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुनवल नगरपालिकाका १७, बुटवल उपमहानगरपालिका र रिब्दीकोट गाउँपालिकाका १÷१ गरी १९ वटा सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउन ‘ब्राइट स्कुल सिस्टम’ नामक सफ्टवेयर सहयोग गरेको हो ।
सामुदायिक विद्यालयको परम्परागत शैक्षिक प्रणालीलाई आधुनिकीकरण गरी प्रविधिमैत्री वातावरण बनाउनुपर्ने आवश्यकतालाई सम्बोधन गर्न सहयोग गरेको बैंकले जनाएको छ ।
उक्त सफ्टवेयरमा विद्यालय नीति, हाजिरी, भुक्तानी सेवा, स्मार्ट कक्षा, अभिभावक मञ्जुरी फारम, रिपोर्ट कार्ड, शुल्क सूची, सार्वजनिक विदा, विद्यार्थीको गृहकार्य, परीक्षा तालिका, खेलकुद कक्षा, सूचनालगायत सुविधा रहेको छ ।
बैंकले हाल देशभर ३२६ शाखा, ४६६ एटिएम, १०२ वटा एक्स्टेन्सन काउण्टर एवं ६४ वटा शाखा रहित बैंकिङमार्फत वित्तीय सेवा दिँदै आएको छ । २२ लाख भन्दा बढी ग्राहक रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेको बताइएको छ ।
उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले गत आर्थिक वर्षमा नेपाल सरकारलाई प्रत्यक्ष र अप्रत्यक्ष गरी.१ अर्ब ८७ करोड रुपैयाँभन्दा बढी राजस्व भुक्तानी गरिसकेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।