पछिल्लो २४ घण्टामा देशभर १०४१ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनासंख्या मन्त्रालयको नियमित प्रेस बिफ्रिङका क्रममा प्रवक्ता प्रा.डा जागेश्वर गौतमले ३४९ जना महिला र ६९२ जना पुरुष गरी १०४१ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।
नेपालमा कोरोना पुष्टि हुनेको जम्मा संख्या ४५,२७७ पुगेको छ ।
प्रवक्ता गौतमका अनुसार २४ घण्टामा गरिएको पीसीआर परीक्षणको संख्या १२४७३ रहेको छ । सक्रीय संक्रमितको संख्या १७, ८७० छ । यी मध्ये संस्थागत आइसोलेसनमा ९, ८६६ र होम आइसोलेसनमा ८,००४ जना रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना मुक्त भई डिस्चार्ज हुनेको संख्या १,५६६ रहेको छ । हालसम्म डिस्चार्ज हुनेको जम्मा संख्या २७, १२७ रहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।