लागुऔषधसहित दुई युवक पक्राउ

महोत्तरी प्रहरीले लागुऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार भारतबाट अवैध रुपमा लागुऔषध बोकिआएका धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका–६ बस्ने १८ वर्षीय पारस राई र १९ वर्षीय सुजित सदालाई प्रहरीले गए राति जलेश्वर नगरपालिका–२ स्थित सडकमा पक्राउ गरेको हो ।

उनीहरुको साथबाट प्रहरीले २२५ पिस नाइट्राभेट ट्याब्लेट बरामद गरेको छ भने उनीहरुमाथि लागुऔषध मुद्दा चलाएर आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।  





  • प्रकाशित मिति : भदौ २०, २०७७ शनिबार १६:१६:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया