भारतले चिनियाँ एप्समाथि प्रतिबन्ध लगाएपछि ट्रम्पले भनेः मोदी मेरा खास साथी

भारतले चिनियाँ एप्समाथि प्रतिबन्ध लगाएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तकण्ठले प्रशंसा गरेका छन् । मोदीले प्रतिकूल अवस्थामा पनि धेरै राम्रो काम गरिरहेको ट्रम्पले बताए ।

ट्रम्पले भारतीय प्रधानमन्त्री मोदीको प्रशंसा गर्दै भनेका छन्, ‘प्रधानमन्त्री नरेन्द्र मोदी मेरो खास साथी हुनुहन्छ, उहाँले धेरै राम्रो काम गरिरहनुभएको छ। उहाँ धेरै राम्रो नेता हुनुहुन्छ ।’

यसअघि भारतले टिकटक र विच्याटलगायत ५९ वटा चिनियाँ एप्समा प्रतिबन्ध लगाएको थियो । भारतले पुनः पब्जीसहित ११८ भन्दा बढी चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको छ । 

यसअघि अमेरिकाले पनि चीनले आफ्ना एप्समार्फत अमेरिकी डेटा चोरी गर्ने गरेको र ती एप्स राष्ट्रिय सुरक्षाको लागि खतरा भएको आरोपलगाउँदै टिकटक, विच्याटसहित कैयौँ चिनियाँ एप्स र चिनियाँ प्रविधि कम्पनीमा प्रतिबन्ध लगाएको थियो । 





  • प्रकाशित मिति : भदौ २०, २०७७ शनिबार १६:५५:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया