यस्तो छ थपिएका कोरोना संक्रमितको जिल्लागत विवरण

पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ४१ जनामा कोरोना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । १२ हजार ४७३ जनाको स्वाब परीक्षण गर्दा ३४९ महिला र ६९२ पुरूष गरी थप १ हजार ४१ जनामा संक्रमण पुष्टि भएको हो । 

जसअनुसार प्रदेश १ का जिल्लाहरुमा इलाममा एकजना, उदपयुरमा ३ जना, ओखलढुंगामा २ जना, झापामा ७ जना, मोरङमा ३५ जना र सुनसरीमा २० जनामा कोरोना पुष्टि भएको डा. गौतमले बताए । 

यस्तै, प्रदेश २ का जिल्लाहरुमा धनुषामा ७ जना, पर्सामा १० जना , बारामा १३ जना,  महोत्तरीमा २६  जना, सप्तरीमा २० जना, सर्लाहीमा १७ जना र सिराहामा ४१ जनामा कोरोना पुष्टि भएको उनले बताए । 

मन्त्रालयका अनुसार बागमती प्रदेशअन्तर्गत काठमाडौंमा ३२६ जना, काभ्रेमा ६ जना, चितवनमा ४५ जना, दोलखामा ६ जना, धादिङमा १० जना, नुवाकोटमा एकजना, भक्तपुरमा ४५ जना, मकवानपुरमा ३५ जना, रामेछापमा ५ जना, ललितपुरमा ३७ जना र सिन्धुलीमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै गण्डकी प्रदेशमा कास्कीमा २३ जना, गोरखामा १७ जना, तनहुँमा ३ नवलपरासी पूर्वमा ५ जना, पर्वतमा एकजना, लमजुङमा २२ जना, बाग्लुङमा ६ जना र स्याङ्जामा ३ जनामा कोरोना पुष्टि मन्त्रालयले पुष्टि गरेको छ । 

प्रदेश ५ का जिल्लाहरुमा अर्घाखाँचीका एकजना, कपिलवस्तुका एकजना, गुल्मीका ६ जना, दाङका ३९ जना,  नवलपरासीका १३ जना, पाल्पाका ३ जना, प्युठानका एकजना, बर्दियाका ७ जना, बाँकेका ६२ जना, रुपन्देहीका ७१ जना र रोल्पाका एकजनामा कोरोना संक्रमण पुष्टि भएको डा. गौतमको भनाइ छ ।



गौतमका अनुसार कर्णाली प्रदेशका जिल्लाहरुमा जाजरकोटमा ३ जना, दैलेखमा ३ जना र सल्यानमा २ जनामा कोरोना पुष्टि भएको छ ।

सुदूरपश्चिम प्रदेशअन्तर्गत कञ्चनपुरमा ५ जना, कैलालीमा ४ जना, डडेल्धुरामा एकजना, डोटीमा २ जना र बझाङमा १६ जनामा कोरोना संक्रमण पुष्टि मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा जानकारी दिइयो । 



  • प्रकाशित मिति : भदौ २०, २०७७ शनिबार १७:२५:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया