कोरोनाभाइरसः भारत सबैभन्दा बढी प्रभावित दोस्रो देश

भारतमा पछिल्लो २४ घन्टामा कोरोनाभाइरसका संक्रमित ७९ हजारभन्दा बढी भेटिएका छन् । योसँगै भारतमा अब कोरोना संक्रमितको संख्या ४० लाख ९६ हजार पुगेको छ । योसँगै भारत विश्वमा कोरोनाका कारण सबैभन्दा बढी प्रभावित देशको सूचीमा दोस्रो नम्बरमा आएको छ ।

भारतमा कोरोना जित्नेको संख्या पनि उल्लेख्य रहेको छ । भारतमा अहिलेसम्म ७७ प्रतिशतले कोरोना जितेका छन् । अनि भारतमा कोभिड १९ का कारण मृत्यु हुनेको प्रतिशत १.७२ प्रतिशत रहेको छ ।

भारतमा पछिल्लो २४ घन्टामा महाराष्ट्रमा मात्र २० हजार कोरोनाभाइरस संक्रमित थपिएका हुन् ।

योसँगै भारत सबैभन्दा धेरै कोरोना संक्रमित भएको दोस्रो देश बनेको छ । विश्वभर सबैभन्दा बढी कोरोनाभाइरस संक्रमित अमेरिकामा भेटिएका छन् । त्यसपछि ब्राजिलमा ४० लाख ९१ हजारमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । अमेरिकामा चाहिँ यो संख्या ६२ लाख १० हजार ६ सय ९९ रहेको छ । अमेरिकामा अहिलेसम्म १ लाख ८७ हजारभन्दा धेरैले कोभिड १९ का कारण ज्यान गुमाएका छन् ।





  • प्रकाशित मिति : भदौ २१, २०७७ आइतबार १:३१:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया