फरकधार अब युट्युबमा

नेपालको अनलाइन म्यागजिन फरकधारले मल्टिमिडिया सेक्सन सुरु गरेको छ । 

बदलिँदो परिवेश, सूचना पाउन चाहने चाहना र सही तथा तथ्य समाचारहरुलाई अडियोभिजिुअल माध्यमबाट पनि प्रसारण गर्नका लागि फरकधारले आफ्नो युट्युब च्यानल सुरु गरेको हो । 

पछिल्लो समय विश्वसनीय र समाजमा बहसका लागि महत्वपूर्ण समाचारहरुमा प्रकाशन गरिरहेको फरकधार आवाजविहिनहरुको आवाज हो । सत्यतथ्य समाचार प्रकाशन गरेर समाजमा बहसलाई विशेष प्राथमिकता दिने उद्देश्य दिएको फरकधारको मल्टिमिडियामा अब विभिन्न रिपोर्टहरुका साथै अन्तर्वाताहरु पनि अटाउनेछन् । नेपालमा नयाँ प्रयोगका रुपमा फरकधारले युट्युबमा विचार सम्प्रेषणलाई पनि प्राथमिकतामा राख्ने भएको छ । 

वरिष्ठ पत्रकार किशोर नेपालको कान्तिपुर गाथा, द अपनियनमा कांग्रेस नेता प्रदीप पौडेललगायतका विचारहरुलाई फरकधारले प्रस्तुत गर्न थालिसकेको छ । त्यस्तै, समाजमा चर्चामा रहेका विषयमाथि पनि एनलाइटिकल भिडियोहरुमार्फत् एउटा विशेष सेतुको काम गर्ने फरकधार मल्टिमिडियाको उद्देश्य रहेको छ । 

पाठकहरुको रोजाइका भिडियोहरुमा पनि फरकधारले मल्टिमिडियामा काम गर्ने भएको छ । फरकधारको मल्टिमिडिया सेक्सनमा आएका सामग्री आफ्नो मोबाइल वा अन्य डिभाइसमा नोटिफिकेसनका रुपमा पाउन हाम्रो युट्युब च्यानल सब्सक्राइब गर्नुहोला ।

फरकधार युट्युब यहाँ क्लिक गरेर एक्सेस गर्न सकिन्छ ।



 

 


  • प्रकाशित मिति : भदौ २१, २०७७ आइतबार २:५५:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया