सन्दीपको मध्यम प्रदर्शन, जमैका फेरि पराजित

नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले मध्यम बलिङ गरेको खेलमा उनी सम्मिलित जमैका तलावाजले क्यारेबियन प्रिमियर लिग (पीपीएल) को आफ्नो ९ औं खेलमा पराजय बेहोरेको छ । जमैका गएराति भएको खेलमा बार्बाडो ट्रिडेन्ट्ससँग ७ विकेटले पराजित भएको हो ।  

ब्रेन लारा स्टेडियममा टस जितेर ब्याटिङ रोजेको जमैकाले निर्धारित २० ओभरमा ४ विकेट गुमाउदै १६१ रनको सामान्य योगफल तयार पारेको थियो ।
जमैकाले दिएको १६२ रनको लक्ष्य बार्बाडोसले १८.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो ।

बार्बाडोसका लागि कप्तान जसोन होल्डरले अर्धशतकीय पारी खेले । ४२ बलको सामना गरेका उनले ९ चौका र ३ छक्काको मदतमा ६९ रन प्रहार गरे । जोनाथन कार्टरले ४२ रनको योगदान दिँदा मिचेल सान्टनरले ३५ रनको योगदान दिए ।

जमैकाका लागि सन्दीप लामिछाने, ओसेन थोमस तथा प्रिस्टन म्याकस्विनले समान १–१ विकेट हात पारे । 

सुरुमा ब्याटिङ गरेको जमैकाका लगि जरमाइनी ब्ल्याकउड तथा आन्द्रे रसेलले अर्धशतकीय पारी खेल्दा ग्लेन फिलिप्सले १७ रनको योगदान दिए । ५९ बलको सामना गरेको ब्ल्याकउडले ५ चौका तथा ४ छक्काको मदतमा ७४ र २८ बलको सामना गरेका रसेलले ४ चौका तथा ५ छक्काको मदतमा ५४ रन प्रहार गरे ।
बार्बाडोसका लागि जोसुवा बिसोप, जेसन होल्डर, हेडेन वाल्स तथा राशिद खानले समान १ विकेट हात पारे ।

जितसँगै १० खेलबाट ३ जित तथा ७ हारको नतिजा निकालेको बार्बाडोसले ६ अंकको साथमा पाँचौं स्थानमा रहेर प्रतियोगीताको अन्त्य गरेको छ ।



पराजय बेहोरेको जमैकाले फाइनल प्रवेशका लागि शीर्ष स्थानमा रहेको ट्रिन्बागो नाइट राइडर्ससँग प्रतिस्पर्धा गर्नु पर्नेछ । ९ खेलमा ३ जित तथा ५ हार र एक खेलमा अंक बाडेको जमैका ७ अंकको साथमा लिगको चौथो स्थानमा छ ।

जमैकाले समूह चरणको आफ्नो अन्तिम खेल आज राति सेन्ट लुसियाजुक्ससँग खेल्दैछ ।   



 यस्तो रह्यो सन्दिपको बलिङ प्रदर्शन

नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले यो खेलमा खेलमा मध्यम प्रदर्शन गरे । ४ ओभर बलिङ गरेका उनले ८ बल डट राखेर २६ रन खर्चिदै १ विकेट हात पारे।
९औं ओभरमा आफ्नो स्पेलको पहिलो ओभर लिएर आएका सन्दीपले ९ रन खर्चिए। 

११औं ओभरमा सन्दीपले आफ्नो दोस्रो ओभर बलिङ गर्ने क्रममा ३ बल डट राख्दै ३ रन खर्चिएर ।

१३औं ओभरमा आफ्नो तेस्रो ओभर लिएर आएका सन्दीपले ३ बल डट राख्दै ५ रन खर्चिएर एक विकेट हात पारे । उनले ओभरको तेस्रो बलमा जेसन होल्डरलाई लेग बिफोर विकेट (एलबिडब्ल्यू) आउट गराए ।

१५औं ओभरमा आफ्नो स्पेलको अन्तिम ओभर लिएर आएका सन्दीपले २ बल डट राख्दै १० रन खर्चिए । 

  • प्रकाशित मिति : भदौ २१, २०७७ आइतबार ८:१५:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया