वीर अस्पताल अब कोभिड अस्पताल, कोरोना नियन्त्रणमा विद्यार्थी खटाइने
फाइल फोटो

कोरोनाबारे जथाभावी बोल्दै हिड्नेलाई कानुनी कारबाही गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । धेरैले केही व्यक्तिहरुले यस्ता भ्रम फैलाउने कुराहरु बोल्दै हिडेको र सामाजिक सञ्चालहरुमा  पनि सेयर गर्ने गरेको पाइएकाले यसो नगर्ने आग्रह गरिएको छ । 

बिना आधार बिना तथ्य जथाभावी बोदै नहिड्न र विश्व स्वास्थ्य संगठन र सरकारले भनेका कुरा मात्रै विश्वास गर्न प्रवक्ता गौतमले आग्रह गरे । 

वीर अस्पताल कोभिड अस्पताल

देशकै जेठो अस्पताल वीर अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय भएको छ । आइतबार बिहान बसेको मन्त्रालयको इन्सिडेन्ड कमाण्ड सिस्टमको बैठकले वीरलाई  निर्णय गरेको प्रवक्ता गौतमले जानकारी दिए । 
 
वीर अस्पतालबाट दिँदै आएका नियमित सेवालाई ट्रमा सेन्टरबाट सारिएको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता गौतमले बताए।

विद्यार्थी खटाउइने

देशका विभिन्न शिक्षण संस्थाहरुमा स्वास्थ्य र यससँग सम्बन्धित विषय अध्ययन गरिरहेका विद्यार्थीलाई आवश्यकता अनुसार कोभिड नियन्त्रण तथा रोकथामका लागि खटाउने  निर्णय मन्त्रालयले गरेको छ। 



त्यसका लागि निश्चित सम्झौता स्वयं सेवकका रुपमा गरेर  खटाउन सक्ने मन्त्रालयका प्रवक्ता गौतमले बताए ।  

समिति गठन



कोभिडको राष्ट्रिय मार्गचित्र निर्धारण गर्नका लागि स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्र प्रसाद श्रेष्ठको संयोजकत्वमा एचटीएसी एक जना विज्ञसहित राष्ट्रिय अनुसन्धान परिषद्बाट डा.प्रदीप ज्ञवाली र स्वास्थ्य विपद् आपतकालील व्यवस्थापन इकाईबाट एकजना सदस्य सचिव रहेन गरी समित गठन गरिएको गौतमले बताए । 

  • प्रकाशित मिति : भदौ २१, २०७७ आइतबार १७:४६:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया