बिच्चबिच्चमा जिकज्याक भाे, नेकपा वामपन्थी नै हाे: प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा वामपन्थी पनि रहेको र क्रान्तिकारिता पनि रहेको पार्टी भएको बताएका छन् ।

नेकपा अध्यक्ष प्रचण्डले नेकपा कम्युनिष्ट र क्रान्तिकारी दुवै चरित्र भएको पार्टी भएको स्पष्ट पारेका हुन् । जनता टेलिभिजनको कार्यक्रम ‘द भ्यू’मा आइतबार बोल्दै नेकपा अध्यक्ष प्रचण्डले पार्टीभित्र रहेका कार्यकर्ताहरु अहिले पनि क्रान्तिकारी र वामपन्थी हुँदासम्म पार्टी क्रान्तिकारी र वामपन्थी रहिरहने बताए ।

‘यो वामपन्थी पार्टी पनि हो र क्रान्तिकारी पनि छ,’ उनले भनेका छन्, ‘अहिले पनि यो पार्टीमा हजारौँ लाखौँ कार्यकर्ता जो छन् ती क्रान्तिकारी नै छन्, वामपन्थी नै छन् ।’

नेतृत्वले कहिलेकाहीँ जनताको भावनाअनुसार महान कार्यको नेतृत्व पनि गरेको र कहिलेकाहीँ गल्ती पनि गरेको बताउँदै उनले बीचबीचमा जिकज्याक भए पनि नेकपा पार्टी कम्युनिस्ट पार्टी रहेको दाबी गरेका छन् । 

‘कहिलेकाहीँ नेतृत्वले महान कार्यको नेतृत्व पनि गरेको छ र कहिलेकाहीँ गल्ती पनि गरेको छ । यो चै सत्य कुरा हो । तर यो नै वामपन्थी रहेन भन्ने कुरा होइन,’ उनले भने, ‘जबसम्म ती हजारौँ त्याग, तपस्या, बलिदानको पृष्ठभूमिबाट आएका, नेता कार्यकर्ताको विशाल जमात यो पार्टीमा रहिरहन्छ तबसम्म यो वामपन्थी र कम्युनिष्ट पार्टी नै रहन्छ । बीच्चबीच्चमा यस्तै जिक्ज्याक त रहन्छन् ।’

तत्कालिन नेकपा एमाले र एमाओवादी केन्द्रबीच एकता गरेर विश्वलाई नै सन्देश दिएको बताउदै अध्यक्ष प्रचण्डले आजको दुनियाँमा निर्वाचन प्रक्रियामार्फत बलियो पार्टी बनेर सरकारको नेतृत्व गर्ने कुरा विश्वका कुनैपनि प्रतिक्रियावादीहरुलाई मन पर्ने कुरा नभएको बताए । त्यसकारण यसलाई बिगार्न, भत्काउन अहिलेपनि प्रतिक्रियावादीहरु लागिरहेको भन्दै उनले फूटसम्म लैजाने कोशिस गरेको बताए ।



‘यो कुरा कुनै प्रतिक्रियावादीलाई मन परेको छैन । अनेक तरिकाबाट धम्क्याउने, कमजोर बनाउने कोशिस गर्छन । फूटसम्म लैजाने कोशिस गर्छन । भइरहेका छन् । विश्वबाट नै कम्युनिष्टलाई सखाप पार्ने बेलामा अझ नेपाल जस्तो देशमा कम्युनिष्टले जित्नु त कसैलाई मन परेको छैन’, प्रचण्डले भने ।

यो अवसर विश्वको कम्युनिष्ट आन्दोलनलाई योगदान दिने अवसर भएको भन्दै प्रचण्डले कमिकमजोरीबाट आत्मालोचना गर्दै अगाडी बढ्ने बताए । उनले भने, ‘हिजो हामीले गठबन्धन गरेर पार्टी एकता गरेर जाँदा असाधारण परिघटना हो । तर अहिले हामीले बिगार्यौ भनेका छौ । त्यो प्रतिवेदनमा उल्लेख गरेका छौ । यो प्रतिवेदनमा हामीले आत्मालोचना गरेका छौ ।’



  • प्रकाशित मिति : भदौ २१, २०७७ आइतबार २२:४:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया