आन्तरिक कारणले चैतमा हुने महाधिवेशन रोकिँदैनः प्रचण्ड
फाइल तस्वीर ।

नेपाल कम्युष्टि पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्रको आन्तरिक कारणले आगामी चैतमा हुने भनिएको एकता महाधिवेशन नरोकिने बताएका छन् ।

जनता टेलिभिजनको कार्यक्रम ‘द भ्यू’मा आइतबार बोल्दै नेकपा अध्यक्ष प्रचण्डले आगामी चैत्र २५ देखि ३० गतेभित्र हुने भनिएको पार्टीको एकता महाविधेशन पार्टीको आन्तरिक कारणले नरोकिने बताएका हुन् ।

नेकपाको दोस्रो पूर्ण बैठकले आगामी चैत्रमा नेकपाको एकता महाधिवेशन गर्ने निर्णय गरेको थियो । उक्त बैठकको निर्णय कार्यान्वयन गर्नेगरी पार्टी अहिले महाधिवेशनको तयारीमा लागेको उनले बताए ।

उनले भने, ‘आगामी चैत्रमा पार्टी महाधिवेशन हुन्छ । महाधिवेशन गर्नुपर्छ । केन्द्रीय कमिटीले चैत्र २५ देखि ३० गतेभित्र पार्टी महाधिवेशन गर्ने भनेको छ । तयारी अगाडी बढाउनुपर्छ र पढाइन्छ पनि ।’

तर अहिले विश्व कोभिड–१९ को महामारीले आक्रान्त हुनेगरी फैलिएको संक्रमणका कारण भोली के हुन्छ भन्ने अवस्था नरहेको भन्दै उनले कोभिड समयमै नियन्त्रणमा आएमा महाधिवेशन समयमै हुने बताए ।

‘कोभिडका कारण अहिले विश्वभरी नै प्रभाव पारिरहेको छ । हामीलाई पनि प्रत्यक्ष प्रभाव पारिरहेको छ । यो बढ्दै गयो भने के हून्छ भन्ने कुरा एउटा छ । विश्वका विभिन्न ठाउँमा खोपहरु बनिरहेको भन्ने छ’, अध्यक्ष प्रचण्डले भने, ‘अब यसलाई हामीले जितेर सफलता प्राप्त गरेमा चैत्रमा महाधिवेशन हुन्छ । गरिन्छ । आन्तरिक कारणले पार्टी महाधिवेशन रोकिँदैन ।’





  • प्रकाशित मिति : भदौ २१, २०७७ आइतबार २२:१०:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया