सीपीएल : जमैकाको छैटौं हार, सन्दीपको १ विकेट

नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले किफायती बलिङ गरेको खेलमा उनी सम्मिलित जमैका तलावाजले क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा लिग  चरणको अन्तिम खेलमा पनि पराजय व्यहोरेको छ । गएराती भएको खेलमा सेन्ट लुसिया जुक्ससँग जमैका ११ रनले पराजित भएको हो ।  

ब्रेन लारा स्टेडियममा टस जितेर ब्याटिङ रोजेको जुक्सले निर्धारित २० ओभरमा  ६ विकेट गुमाउँदै १४५ रनको सामान्य योगफल तयार पारेको थियो । १४६ रनको समान्य पछ्याएको जमैकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै मात्र १३४ रन जोड्न सक्यो ।

जमैकाका लागि ग्लेन फिलिप्सले सर्वाधिक ४९ रनको योदान दिँदा जरमाइनी ब्ल्याकउड तथा निकोलस क्रिटोनले समान २५–२५ रनको योगदान दिए ।
जुक्सका लागि जाहिर खान र जाभेल ग्लेनले समान ३ तथा केस्रिक विलियम्सले १ विकेट हात पार्दा १ विकेट रन आउटको रुपमा प्राप्त भयो ।

पहिले ब्याटिङ गरेको जुक्सका लागि नजिबउल्लाह जाद्रनले सर्वाधिक ३५ रनको योगदन दिँदा रहकिम क्रोनवाल तथा रोस्टन चेसले समान ३२ रनको योगदान दिए।
जमैकाका लागि मुजिब उर रहमानले २ तथा फिडेल इड्वार्डस, कार्लेस ब्रेथवेट ,विरासामी पेरुमल र सन्दिप लामिछानेले समान १–१ विकेट हात पारे ।
जितसँगै १० खेलबाट ६ जित तथा ४ हारको नतिजा निकालकोे जुक्सले १२ अंकको साथमा तेस्रो स्थानमा रहदै फाइन प्रवेशका लागि गुयाना अमेजन बारिर्यससँगको भेट पक्का गरेको छ ।
 

पराजय व्यहोरेको जमैकाले फाइनल प्रवेशका लागि प्रतियोगिताको एक मात्र अपराजित टोली ट्रिन्बागो नाइट राइडर्ससँग प्रतिस्पर्धा गर्नेछ । १० खेलमा ३ जित तथा ६ हार र एक खेलमा अंक बाडेको जमैका ७ अंकका साथमा लिगको चौथो स्थानमा छ ।

यस्तो रह्यो सन्दीपपको प्रदर्शन



सन्दीप लामिछानेले यस खेलमा किफयती बलिङ गरे । ४ ओभर बलिङ गरेका उनले १६ बल डट राखेर २० रन खर्चिदै १ विकेट हात पारे ।
आठौं ओभरमा आफ्नो स्पेलको पहिलो ओभर लिएर आएका सन्दीपले ३ डट राख्दै ७ रन खर्चिए १ विकेट हात पारे । उनले ओभरको अन्तिम बलमा रहकिम क्रोनवाललाई बोल्ड आउट गराएका थिए ।  
११औं ओभरमा सन्दीपले आफ्नो दोस्रो ओभर बलिङ गर्ने क्रममा ५ बल डट राख्दै मात्र १ रन खर्चिए । १३औं ओभरमा आफ्नो तेस्रो ओभर लिएर आएका सन्दीपले मेडन ओभर राखे ।

१५ औं ओभरमा आफ्नो स्पेलको अन्तिम ओभर लिएर आएका सन्दीपले २ बल डट राख्दै १२ रन खर्चिए ।  
ब्याटिङमा पनि मौका पाएका सन्दीपले कुनै बन बनाउन सकेनन् । पहिलो बलको सामना गर्दा नै उनी आउट हुन पुगे । ९ खेलमा बलिङ गर्दा सन्दीपले १२ विकेट लिएका छन् ।



  • प्रकाशित मिति : भदौ २२, २०७७ साेमबार ९:२४:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया