इङ्ग्ल्यान्डलाई  टि –२० सिरिज

घरेलु टोली इङ्ग्ल्यान्ड र अस्ट्रेलिया बीचको ३ खेलको टि–२० सिरिज अन्तर्गतको दोस्रो खेल पनि इङ्ग्ल्यान्डले आफ्नो पक्षमा पारेको छ । यसअघि शुक्रबार भएको पहिलो खेलमा इङ्ग्ल्यान्डले २ रनको रोमाञ्चक जित हात पारेको थियो ।

गए राति भएको दोस्रो खेलमा ६ विकेटले विजयी हुँदै इङ्ग्ल्यान्डले एक खेल अगावै सिरिज आफ्नो नाममा गराएको छ । इङ्ग्ल्यान्डले सिरिजमा २–० को अग्रता  लिएको हो । 

साउथह्याम्टनस्थित द रोस ओभलमा भएको खेलमा टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५७ रनको सामान्य योगफल तयार पारेको थियो ।

१५८ रनको सामान्य लक्ष्य इङ्ग्ल्यान्डले १८.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो  । 

इङ्ग्ल्यान्डका लागि जोस बटलरले अर्धशतकीय पारी खेले । ५४ बलको सामना गरेका उनले ८ चौका तथा २ छक्काको मदतमा अविजित ७७ रन प्रहार गरे । डेविड मलानले ४२ रनको योदान दिँदा मोेइन अलीले अविजित १३ रनको योगदान दिए । 

अस्ट्रेलियाका लागि एस्टोन अगरले २ तथा एडम जाम्पा र मिचेल स्टार्कले समान १, १ विकेट हात पारे ।



पहिले ब्याटिङ गरेको अस्ट्रेलियाका लागि कुनै पनि ब्याटसम्यानले उल्लेखनीय योगदान दिन सकेनन् । उसका लागि कप्तान आरोन फिंचले सर्वाधिक ४०, मार्कस स्टोनिसले ३५ तथा ग्लेन म्याक्सवेलले २६ रनको योगदान दिए । 

इङ्ग्ल्यान्डका लागि क्रिस जोर्डनले २ तथा जोफ्रा आर्चर, मार्क उड र आदिल राशिदले समान १ विकेट हात पार्दा २ विकेट रन आउटका रुपमा प्राप्त भएको थियो । 



अब तेस्रो तथा अन्तिम खेल मंगलबार साविककै मैदानमा हुनेछ ।

  • प्रकाशित मिति : भदौ २२, २०७७ साेमबार ११:४६:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया