बार्सिलोनाका स्टार खेलाडी लियोनल मेसी सोमबारबाट क्लबको प्रि–सिजन प्रशिक्षणमा फर्कने भएका छन् ।
क्लबले एक साता अगाडिबाटै प्रशिक्षण सुरु गरेको भए पनि क्लब छाड्ने मनसायमा रहेका मेसीले प्रशिक्षणमा सहभागिता जनाएका थिएनन् ।
उनले अगस्ट २५ मा एक पत्र लेख्दै आफूले क्लब छाड्न चाहेको बताएका थिए तर त्यसको केही दिन पछाडि मेसीले क्लबमै रहने निर्णय गरेका थिए ।
शुक्रबार राति क्लबमै रहने निर्णय गरेका मेसीले सोमबारबाट प्रशिक्षण सुरु गर्ने भएका हुन् । मेसीको क्लबका नवनियुक्त प्रशिक्षक रोनाल्ड कोएमनसँग पहिलो प्रशिक्षण हुनेछ ।
च्याम्पियन्स लिगको क्वाटरफाइनलमा बायर्न म्युनिखसँग लज्जास्पद हार बेहोरेपछि बार्सिलोनाले किके सेटिएनलाई बर्खास्त गर्दै कोएमनलाई नयाँ प्रशिक्षकमा नियुक्त गरेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।