आगामी बिहीबारसम्म बैंक तथा वित्तीय संस्थाका सबै शाखा तथा काउन्टर खुला राख्न राष्ट्र बैंकको निर्देशन

नेपाल राष्ट्र बैंक आगामी बिहीबारसम्म बैंक तथा वित्तीय संस्था सबै शाखा तथा काउन्टर खुला राख्न निर्देशन दिएको छ । नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले यस्तो निर्देशन दिएको हो । 

विभागले बैंकहरुलाई राजश्व संकलन हुने सबै शाखा तथा काउन्टर ३ दिन खुला गर्न निर्देशन दिएको हो । सरकारले भदौ २५ सम्म राजश्व तिर्नका लागि करदाताहरुलाई अन्तिम म्याद दिएको छ । 

सोही कारण बैंकका शाखा खुला गर्न निर्देशन दिइएको राष्ट्र बैंकले बताएको छ । सीमित शाखा मात्रै खोल्दा भीड अत्यधिक हुने भएकाले, सहज तरिकाले राजश्व तिर्ने वातावरण बनाउन केन्द्रीय बैंकले यस्तो निर्देशन जारी गरेको हो ।

अहिले बैंकहरुले सीमित शाखा कार्यालय खोलेर सेवा दिइरहेका छन् ।





  • प्रकाशित मिति : भदौ २२, २०७७ साेमबार १९:१७:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया