कोरोनाका कारण मृत्यु हुने नौ लाखनजिक,पौने तीन करोड पुगे संक्रमित
फरकधार / २३ भदौ, २०७७


विश्वभर कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या आठ लाख ९६ हजार ५९९ पुगेको छ । विश्वमा हालसम्म  दुई करोड ७४ लाख ७६ हजार ९२० जना संक्रमित भएका छन् भने संक्रमितमध्ये एक करोड ९५ लाख ६९ हजार ९९३ जना कोरोनामुक्त भएका छन् ।



हाल विश्वभर ७० लाख २९ हजार २०६ व्यक्ति कोरोना भाइरस संक्रमित रहेका र उनीहरुको उपचार भइरहेको छ । संक्रमितहरुमध्ये ५९ हजार ९९८ जनाको अवस्था गम्भीर छ ।

चीनको वुहानबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस संक्रमणबाट सबैभन्दा बढी प्रभावित हुनेमा संयुक्त राज्य अमेरिका रहेको छ ।

अमेरिकामा ६४ लाख ८५ हजार ५६७ जना कोरोना भाइरस संक्रमित रहेका छन् । त्यहाँ ३७ लाख ५८ हजार ६१८ जना भाइरसमुक्त हुँदा एक लाख ९३ हजार ५३४ व्यक्तिको मृत्यु भइसकेको छ ।

भारतमा ४२ लाख ७७ हजार ५८४ जना कोरोनाभाइरस संक्रमित रहेका छन् । भारतमा ३३ लाख २१ हजार ४२० कोरोना भाइरसमुक्त हुँदा ७२ हजार ८१६ जनाको मृत्यु भएको तथ्यांक छ ।

संक्रमित संख्याका आधारमा तेस्रोमा रहेको  ब्राजिलमा ४१ लख ४७ हजार ७९४ जना कोरोनाभाइरस संक्रमित रहेका छन् । ३३ लाख ५५ हजार ५६४ भाइरसमुक्त भएको ब्राजिलमा एक लाख २७ हजारको मृत्यु भएको छ ।
 

  • प्रकाशित मिति : भदौ २३, २०७७ मंगलबार १३:३९:५,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया