अस्ट्रेलिया र इङ्ल्यान्डबीचको तेस्रो टी–ट्वान्टी आज

अस्ट्रेलिया र इङ्ग्ल्यान्डबीचको तेस्रो टी–ट्वान्टी मंगलबार हुँदैछ । तीन खेलको सिरिजमा इङ्ग्ल्यान्ड यसअघि नै २ खेल जितिसकेको छ । आजको खेलमा पनि जित निकाल्दै इङ्ग्ल्यान्ड सिरिज 'क्लिन-स्विप' गर्ने योजनामा छ । 

साउथह्याम्पटनमा दी रोस बल मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति १०:४५ बजे सुरु हुनेछ । आजको खेलमा दुवै टोली जित निकाल्ने योजनाका साथ मैदान उत्रनेछन् । 

तेस्रो तथा अन्तिम खेलमा जित निकाल्दै अस्ट्रेलिया सिरिज 'क्लिन-स्विप' हुनबाट जोगिने योजनामा हुनेछ ।

अस्ट्रेलियाविरुद्ध पहिलो खेलमा दुई रनले जित दर्ता गरेको इङ्ग्ल्यान्डले दोस्रो खेलमा ६ विकेटले जित निकाल्दै सिरिज जितेको थियो । 





  • प्रकाशित मिति : भदौ २३, २०७७ मंगलबार १७:४६:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया