प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव महानिरीक्षक (डिआइजी) ईश्वरबाबु कार्कीलाई मंगलबार कोरोना संक्रमण देखिएको छ ।
ज्वरो आएपछि उनले सोमबार बिहान परीक्षणका लागि स्वाब दिएका थिए ।
प्रदेश जनस्वास्थ्य प्रयोशालामा गरिएको परीक्षणमा कार्कीलाई कोरोना संक्रमण देखिएको हो ।
प्रदेश १ मा हालसम्म ३५५ प्रहरीलाई कोरोना संक्रमण देखिएको छ। संक्रमितमध्ये २२० जना डिस्चार्ज भइसकेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।