भरतपुर अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

चितवनको भरतपुर अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । 

नवलपुरको देवचुली नगरपालिका–१ स्थायी घर भएका ६४ वर्षीय पुरुषको मंगलबार साँझ साढे पाँच बजे मृत्यु भएको हो । 

उनी खोकी र श्वासप्रश्वासमा समस्या भएपछि शुक्रबार अस्पतालको आइसियू कक्षमा भर्ना भएका थिए । 

अस्पताल आउनुभन्दा दुई दिनअघि नै उनमा कोरोना संक्रमण देखिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको हो । 

अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार मृतक पुरुष मिर्गौला फेल भई विगत केही समयदेखि डायलासिस गर्दै आएका थिए ।





  • प्रकाशित मिति : भदौ २३, २०७७ मंगलबार १९:५९:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया