कोरोनासँग ‘लिभिङ टुगेदर’मा बस्नुको विकल्प छैनः रक्षामन्त्री पोखरेल
प्रधानमन्त्री, मन्त्री र सांसदको तलबभत्ता काटेर गरिबलाई खान देऊः सांसद

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै कोरोनासँग ‘लिभिङ टुगेदर’मा बस्नुको विकल्प नभएको बताएका छन् ।

कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी)का संयोजकसमेत रहेका उपप्रधानमन्त्री पोखरेलले उपत्यकाका प्रतिनिधिसभा सांसदहरुको ध्यानाकर्षण पत्र बुझ्दै सो कुरा बताएका हुन् ।

उपत्यकाबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसदहरुले महामारीका कारण जनजीवनमा परेको प्रभाव र सरकारले गरेका कामहरुको समीक्षा गर्दै सुझावसहित उपप्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

सुझाब-पत्र बुझ्दै मन्त्री पोखरेलले उच्च सुरक्षा सतर्कता अपनाउन आग्रह गरे । उनले कोरोना महामारीविरुद्ध एकजुट भएर लड्नुपर्ने बताए ।

उपप्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउन पुगेका नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले प्रधानमन्त्रीदेखि मन्त्री र सांसदको तलबभत्ता कटौती गरेर भए पनि गरिबलाई खानाको व्यवस्था गर्न माग गरे ।





  • प्रकाशित मिति : भदौ २३, २०७७ मंगलबार २०:३१:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया