महामारीका वेला कर तिर्न ताकेता गर्नु जनविरोधी कामः कांग्रेस

सरकारले कोरोना महामारीको चपेटामा परेका व्यवसायीलाई समय तोकेर कर तिर्न ताकेता गरेको भन्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले विरोध गरेको छ । 

कोरोना महामारीले लामो समयदेखि व्यवसाय ठप्प भएको समयमा कर तिर्न गरेको ताकेता जनविरोधी काम भएको कांग्रेसको आरोप छ ।

कांग्रेसको उद्योग तथा व्यापार विभागले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै सरकारले कर उठाउनकै लागि बैंक खुला गर्न र २५ गतेभित्रै कर भुक्तानी गर्न गरेको ताकेता जनविरोधी र अव्यवहारिक भएको जनाएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘राज्यले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने बेला आलो घाउमा नुनचुक छर्नेबाहेक केही गरेको छैन ।’

यस्तो निर्देशन अलोकतान्त्रिक र व्यवसायी विरोधी भएको कांग्रेसको ठम्याइ छ । सो निर्देशन सच्याएर निषेधाज्ञापछि एक महिनाभित्र कर विवरण तथा कर दाखिला गर्ने गराउने व्यवस्था मिलाउन कांग्रेसले सरकारसँग माग गरेको छ ।





  • प्रकाशित मिति : भदौ २३, २०७७ मंगलबार २०:४२:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया