क्यारेबिन प्रिमियर लिग (सीपीएल)को सेमिफाइनलमा नेपालका लेग स्पीनर सन्दीप लामिछाने आवद्ध टोली जमैका तालवाज पराजित भएको छ । मंगलबार राति भएको सेमिफाइनल खेलमा ट्रिनबागो नाइट राइडर्ससँग ९ विकेटले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो।
ब्रायन लारा मैदानमा भएको खेलमा ट्रिनबागोले टस जितेर पहिले जमैकालाई ब्याटिङका निम्ता दिएको थियो । जमैकाले २० ओभरमा ७ विकेट गुमाएर १०७ रन मात्रै बनाउन सक्यो । १०८ रनको झिनो लक्ष्य ट्रिनबागोले १५ ओभरमा १ विकेट गुमाएर १११ रन बनाउँदै जित हात पार्यो ।
ट्रिनबागो नाइट राइडर्स फाइनल प्रवेश गरेको छ । अर्काे सेमिफाइनल खेल आजै राति गुयना अमेजन वारियर्स र सेन्ट लुसिया जुक्सबीच यसै मैदानमा हुँदैछ ।
पहिलो ओभरमा शून्य रन हुँदै विकेट गुमेपछि दवावमा परेका जमैकाका कुनै पनि व्याट्यम्यानल राम्रो स्कोर बनाउन सकेनन्।पहिलो ओभरका चौथो बलमा नै ओपनर ब्वाकउड आउट भएका थिए । त्यसपछि लगातार विकेट गुम्दै गएपछि जमैकाका ब्याट्सम्यान दवावमा परे ।
न्यून स्कोरमा समेटिने क्रममा जमैकाका लागि क्रुमह बोनरले ४१, कप्तान रोभमान पावेलले ३३ र कार्लोस ब्रेथवेट १३ रन बनाए । अन्यले दोहोरो अंकको रन जोड्न सकेनन् । ट्रिनबागोका लागि अकिअल होसेनले एक्लैले ३ विकेट लिए ।
सहज जित हात पार्ने क्रममा ट्रिनबागोका लागि लान्डी सिमोन्सले ५४ रन र टिवन वेबस्टरले ४४ रनबनाए ।लगि चरणका सबै खेलमा विकेट लिन सफल सन्दीप सेमिफाइनलमा भने सफल हुने सकेनन् । ४ ओभर बलिङ गरेका उनले बिना विकेट २९ रन दिए । ट्रिनबागो
लिग चरणका सबै खेलमा जित निकाल्दै सेमिफाइनल प्रवेश गरेको थियो । जमैकाले ३ मा जित हात पार्दा ६ हार व्यहोरेको थियो । एक खेल भने वर्षाका कारण रोकिएपछि जमैकाले अंक बाडेको थियो ।
अघिल्ला खेलमा पावर प्लेपछि बलिङमा आउने सन्दीपलाई यस खेलमा कप्तानले ५औं ओभरमा नै बलिङमा उतारे । यस ओभरमा ५ रन दिएका सन्दीपले ७औं ओभरमा ८ रन दिए । त्यसपछि ९औं ओभरमा ९ रन दिए । १४औं ओभरमा आफ्नो चौथो ओभर लिएर आएका उनले ७ रन दिए । निकै दवावका बीच बलिङ गरेका सन्दीपले पनि निर्णायक खेलमा जमेनन्
जमैकाका लागि अफगानी स्पीनर मुजिव उर रहमानले मात्रै १ विकेट लिए । यस सिजनमा सीपीएलका १० खेलमा बलिङ गरेका सन्दीपले १२ विकेट लिएका छन् । सन्दीप सीपीएलमा खेलेको यो तेस्रो सिजन हो ।
यस्तो थियो गत २ सिजनको प्रदर्शन
२०१९ को सिजनमा बार्बाडोज ट्रिडेन्समा आवद्ध सन्दीपले ६ खेल खेलेका थिए जसमा ८ विकेट लिए । तयसपछि सिंगापुर र ओमानमा भएको टी–२० सिरिज खेल्नका लागि नेपाली टोलीमा आवद्ध भएका कारण सन्दीपले बाँकी खेल खेल्न पाएनन् । यस सिजनमा बेस्ट बलिङ इकोनोमीमा सन्दीप ९औं स्थान रहे । १९।२ ओभर बलिङ गरेका उनको बलिङ इकोनोमी ६।५१ थियो । ५।६३ इकोनोमी रहेका दक्षिण अफ्रिकी लेग स्पीनर इम्रान ताहिर पहिलो स्थानमा रहे । सन्दीपको टोलीले गत सिजन सीपीएलको उपाधि जितेको थियो ।
२०१८ को सिजनमा सन्दीपले पहिलो पटक सीपीएल खेल्ने मौका पाएका थिए । सेन्ट किट्स एन्ड नेभिज पेट्रिवट्सले सन्दीपलाई लिएको थियो । सो सिजनमा ५ खेल मात्रै खेलेका उनले ७ विकेट लिएका थिए । उनको बलिङ इकोनोमी ६।२४ थियो । सीपीएल २०१८ को बेस्ट बलिङ एकोनोमीमा सन्दीप पाचौं स्थानमा रहन सफल भएका थिए । सो सिजनमा सन्दीपले क्याराबिन प्रिमियर लिग ९सीपीएल० को ‘ब्रेक थ्रु स्टार’ अवार्ड प्राप्त गर्न सफल भएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।