रोनाल्डोले गरे १००औं अन्तराष्ट्रिय गोल, बने विश्वकै दोस्रो गोलकर्ता

पोर्चुगिच फरवार्ड क्रिस्टियानो रोनाल्डोले  आफ्नो १००औं अन्तराष्ट्रिय गोल पूरा गरेका छन् । उनी यो उपलब्धि हात पार्ने युरोपको पहिलो तथा विश्वको दोस्रो खेलाडी बनेका छन् ।

राष्ट्रिय टोलीका लागि सबैभन्दा धेरै गोल गर्ने रेकर्ड इरानका अली दाइको नामा ५ ।   १०९ गोलका गरेका अली सर्वाधिक अन्तराष्ट्रिय गोल गर्ने खेलाडीको सूचीमा शीर्ष स्थानमा रहेको हुन् ।

दाइलाई पछ्याइ रहेका रोनाल्डोले युइएफए नेसन लिग अन्तर्गत स्वीडेनविरुद्धको खेलमा ४५औं मिनेटमा फ्री–किकमार्फत उत्कृष्ट गोल गर्दै १०० गोल पूरा गरेका हुन् ।

त्यस्तै उनले यही खेलमा अर्को गोल गर्दै आफ्नो गोल संख्या १०१ पु¥याएका छन् । उनले ७२औं मिनेटमा जाओ फिलिक्सको पासलाई सदुपयोग गरेका थिए ।
रोनाल्डोकै दुई गोलको मदतमा पोर्चुगलले नेशन लिग अन्तर्गत लगातार दोस्रो जित निकाल्ने क्रममा गएराती स्वीडेनलाई २–० ले हराएको छ ।  अब रोनाल्डो दाइको रेकर्ड तोड्नबाट  ९ गोलले पछि छन् । रानाल्डोले पोर्चुगलका लागि १६५ खेलमा १०१ गोल पूरा गरेका हुन् ।

सन् २००३ मा काजकिस्तानविरुद्धको खेलबाट पोर्चुगलको सिनियर टोलीमा डेब्यू गरेका रोनाल्डोले सन् २००४ मा ग्रिसविरुद्धको खेलमा पहिलो अन्तराष्ट्रिय गोल गरेका थिए । हालसम्म उनले पोर्चुगलका लागि ९ ह्याट्रिक गरेका छन् ।



 



  • प्रकाशित मिति : भदौ २४, २०७७ बुधबार ६:२१:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया