अष्ट्रेलियाको सान्त्वना जित

इङ्ल्याण्ड र अष्ट्रेलियाबीचको ३ खेलको टी–२० सिरिज २–१ मा सकिएको छ। गएराति भएको तेस्रो खेलमा पाहुना टोली अष्ट्रेलिया ५ विकेटले विजयी भएको छ। इङ्ल्याण्ड यसअघि नै सिरिज भने जितिसकेको छ।

गएराति साउथ ह्याम्टनस्थित द रोस ओभलमा भएको खेलमा टस हारेर ब्याटिङ्गको निम्ता पाएको इङ्ल्याण्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४५ रनको सामान्य योगफल बनाएको थियो।

१४६ रनको लक्ष्य अष्ट्रेलियाले १९.३ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्‍यो। अष्ट्रेलियाका लागि कप्तान आरोन फिन्च तथा मिचेल मार्शले समान ३९ रनको योगदान दिँदा मार्कस स्टोनिसले २६ रन जोडे। 

इङ्ल्याण्डका लागि आदिल राशिदले ३  का साथै मार्क उड र टम करनले समान १–१ विकेट हात पारे। 
पहिले ब्याटिङ गरेको घरेलु टोली इङ्ल्याण्डका लागि जोनी ब्रेस्टोले ५५ रन बनाउँदा  जो डेन्लीले २९ तथा मोइन अलीले २३ रनको योगदान दिए। 
ब्रेस्टोले ४४ बलको सामाना गर्दै समान ३ चौका तथा छक्काको मदतमा ५५ रन प्रहार गरे।

अष्ट्रेलियाका लागि एडम जाम्पाले २ तथा मिचेल स्टार्क, जोस हेजलउड, केन रिचर्डसन तथा एस्टोन अगरले १–१ विकेट हात पारे।
आजको यो नतिजाले सिरिजमा कुनै असर गरेन। सुरुवाती दुई खेल जित्दै घरेलु टोलीले सिरिज आफ्नो नाममा गराइसकेको थियो। 

सिरिजमा सान्त्वना जित हात पारेको अष्ट्रेलियाले टी–२० वरियातमा आफूलाई शीर्ष स्थानम राख्न भने सफल भएको छ। 





  • प्रकाशित मिति : भदौ २४, २०७७ बुधबार ११:०:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया