देशका ६ सय ४९ स्थानीय तहमा कोभिड १९ अस्पताल निर्माणका लागि सरकारले रकम निकासा गरेको छ ।
अस्पताल नभएका स्थानीय तहमा कोभिड १९ अस्पताल सञ्चालनमा ल्याउन अर्थमन्त्रालयले प्रतिबेड २ लाख रुपैयाँका दरले सम्बन्धित कोलेनिका मार्फत रकम निकासा गरेको हो ।
अस्पताल नभएका स्थानीय तहमा ५ बेड क्षमताको अस्पताल सञ्चालनमा ल्याउन आवश्यक बेड, उपकरण र जनशक्ति व्यवस्थापनका लागि प्रति स्थानीय तहका लागि १० लाख रुपैयाँका दरले निकासा गरेको अर्थमन्त्रालयले जनाएको छ ।
प्रत्येक स्थानीय तहमा ५ बेडको अस्पतल सञ्चालन गर्नका लागि यसअघि भएको सरकारी निर्णय अनुसार हालै सम्पन्न कोरोना रोकथाम नियन्त्रण तथा उपचार कोष सञ्चालक समितिको बैठकले रकम निकासा गर्ने निर्णय गरेको हो ।
कोभिड १९ अस्पताल सञ्चालन सम्बन्धि मार्गदर्शन २०७७ अनुसार ५ बेडको अस्पतालमा १ डाक्टर, २ नर्स र १ जना कार्यालय सहयोगी अनिवार्य हुनुपर्ने छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।