विश्वमा कोरोना भाइरस संक्रमणबाट मुक्त हुनेको संख्या १ करोड ९८ लाख ८ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ४ हजार २०७ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको कुल संख्या ९ लाख ८७६ पुगेको छ ।
त्यस्तै, गत २४ घण्टामा २ लाख ३४ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएसँगै विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ७७ लाख २२ हजार नाघेको छ । अहिले विश्वभर सक्रिय संक्रमितको संख्या ७० लाख १२ हजार भन्दा धेरै रहेको छ ।
पछिल्लो २४ घण्टामा भारतमा मात्रै ८९ हजार आठ सय ५२ जना नयाँ संक्रमित थपिएका थिए । त्यस्तै, १ हजार १०७ जनाको ज्यान गएको वल्र्डोमिटर्समा उल्लेख छ ।
अमेरिका, ब्राजिल, रसिया लगायतका देशमा दैनिक सङ्क्रमण र ज्यान जानेको संख्या घट्दै गए पनि भारतमा भने केही दिनदेखि उच्च संख्यामा बिरामी थपिएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।