अस्ट्राजेनिकाकोे कोरोना खोप परीक्षण स्थगित

कोरोना भाइरसको खोप परीक्षणमा समस्या देखिएको भन्दै अस्ट्राजेनिका फर्मास्युटिकल कम्पनीले केही समयका लागि खोप परीक्षण स्थगित गरेको छ । खोप परीक्षणमा सहभागी एक व्यक्तिमा स्वास्थ्य समस्या देखिएसँगै सम्पूर्ण परीक्षण कार्य स्थगन गर्नु परेको कम्पनीले जनाएको छ ।     
     
अक्सफोर्ड विश्वविद्यालयसँग मिलेर कोरोना भाइरस विरुद्धको खोप निर्माण गरिरहेको यो कम्पनी खोप विकासमा अग्रस्थानमा छ । हाल यस खोपको तेस्रो तथा अन्तिम चरणको क्लिनिकल परीक्षण भइरहेको छ । यस कम्पनीले कोरोनाको औषधिसमेत निर्माणको प्रयास जारी राखेको छ ।      
अस्ट्राजेनिकाका एक प्रवक्ताले खोप परीक्षणमा सहभागी व्यक्तिमा देखिएको समस्याका बारेमा अध्ययन गर्न एक स्वतन्त्र समितिले काम गरिरहेको जानकारी दिए ।     
     
कम्पनीले ठूलो संख्यामा परीक्षण कार्य भइरहेकाले पनि एकाध व्यक्तिमा समस्या देखिनु स्वाभाविक रहेको बताउँदै त्यस्तो समस्याको निराकरणका उपाय पहिल्याउन जरुरी हुने जनाएको छ । 

अस्ट्राजेनिका हाल विश्वमा तेस्रो तथा अन्तिम चरणको खोप परीक्षण गर्ने विभिन्न नौ ओटा कम्पनीमध्ये एक हो । संयुक्तराज्य अमेरिकामा अस्ट्राजेनिकाले ३० हजार व्यक्तिलाई परीक्षणमा सहभागी गराएको छ ।
 





  • प्रकाशित मिति : भदौ २४, २०७७ बुधबार १५:३९:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया