यी हुन् बाबुरामको जीवनका ६ प्रेरक व्यक्तित्व

पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराईले आफ्नो जीवनको प्रेरकका रुपमा ६ व्यक्तित्व रहेको बताएका छन्  । बिहीबार बिहान ट्वीट गर्दै भट्टराईले अन्तराष्ट्रिय रुपमा ख्याति कमाएका ३ जना र नेपालका ख्याति प्राप्त ३ व्यक्तिको नाम उल्लेख गरेका हुन् ।

आध्यात्मिक चिन्तनका लागि गौतम बुद्धलाई प्रेरक व्यक्तित्व मानेका भट्टराइले सामाज विज्ञानका लागि कार्ल मार्क्स र भौतिक विज्ञानका लागि अल्बर्ट आइन्सटाइनलाई आफ्नो प्रेरक व्यक्तित्व मानेका छन्।

राष्ट्रिय व्यक्तित्वमा भट्टराईले पृथ्वीनारायण शाह, बीपी कोइराला र पुष्पलाल श्रेष्ठको नाम लिएका छन् । पृथ्वीनारायणलाई रणनीतिका प्रेरक, बीपीलाई आधुनिकता र पुष्पलाललाई सामाजिक न्यायका प्रेरक भएको डा. भट्टराईले भनेका छन् ।





  • प्रकाशित मिति : भदौ २५, २०७७ बिहीबार ८:४:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया