आज मन्त्रिपरिषद् बैठक बस्दै, कुलमानको कार्यकाल २ वर्ष थपिन सक्ने

आज मन्त्रिपरिषद् बैठक बस्दै छ । यही बैठकमा नेपाल विद्युत् प्राधिकरणमा कार्यकारी प्रमुखको कार्यकालबारे निर्णय हुनसक्ने बताइएको छ । 

एक मन्त्रीका अनुसार आजको बैठकमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङको समय थप्ने विषयमा सल्लाह हुँदैछ । घिसिङको चार वर्षे कार्यकाल २९ भदौमा सकिँदै छ ।

उनको कार्यकाल थप्न ऊर्जा मन्त्रालयबाट प्रस्ताव आज मन्त्रिपरिषद् बैठकमा लग्न सकिने ती मन्त्रीले जानकारी दिएका हुन् । ती मन्त्रीका अनुसार यसपटक कुलमानकाे कार्यकाल २ वर्षका लागि मात्र थप हुनसक्ने सम्भावना बढी छ ।

देशमा प्रत्येक दिन घन्टौं लोडसेडिङ हुने समयमा विद्युत् प्राधिकरणका कार्यकारीमा खुला प्रतिस्पर्धाबाट पुगेका घिसिङले लोडसेडिङ अन्त्य गरेका थिए । 





  • प्रकाशित मिति : भदौ २५, २०७७ बिहीबार १०:३६:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया