महामारीकै बीच नवलपुरमा थपिए ११८ साना उद्योग
फाइल फोटो

कोरोना महामारीबीच नवलपरासी पूर्व (नवलपुर)मा ११८ वटा नयाँ साना उद्योग थपिएका छन् । बन्दाबन्दी र निषेधाज्ञाकै बीचमा पनि नयाँ उद्योग थपिएका हुन् । चैतदेखि साउनसम्म पाँच महिनाको अवधिमा जिल्लामा ११८ वटा साना उद्योग थपिएको घरेलु तथा साना उद्योग कार्यालय नवलपरासी पूर्वका प्रमुख विक्रम सुवेदीले जानकारी दिए ।

कार्यालयको तथ्यांक अनुसार वैशाख र जेठ महिनामा भने कुनै पनि उद्योग दर्ता भएन । कार्यालय प्रमुख सुवेदीका अनुसार बन्दाबन्दी सुरु भएको पहिलो महिना चैतमा १८ वटा, असारमा ३६ र साउनमा ६४ वटा साना उद्योग दर्ता भएका छन् । यस अवधिमा दर्ता भएकामध्ये धेरै उद्योग कृषि तथा पशुपालनसँग सम्बन्धित छन् । बन्दाबन्दीकै पाँच महिनाको अवधिमा वाणिज्यतर्फ भने १३३ वटा व्यवसाय थप भएका छन् । 
गत आर्थिक वर्षमा भने, जिल्लामा पाँच सय ४६ साना उद्योग थपिएका थिए । जिल्लामा गत आर्थिक वर्षमा मात्रै यो संख्यामा साना उद्योग थपिएका हुन् । कार्यालयको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७६\७७ मा ५४६ वटा साना उद्योग थपिएका थिए । 

वाणिज्य तर्फ भने यो अवधिमा ४९९ वटा व्यवसाय थप भएका छन् । थपिएका उद्योगहरूमा ७४६ उद्यमी सहित कुल दुई हजार ६३८ जनाका लागि रोजगारी सिर्जना भएको कार्यालय प्रमुखले सुवेदीले बताए ।


बन्दाबन्दीका बेलासमेत जिल्लामा नयाँ उद्योगहरू थप हुनुले मानिसको साना उद्योगतर्फ आकर्षण बढेको बुझ्न सकिने कार्यालय प्रमुख सुवेदीको भनाइ छ  । वैदेशिक रोजगारीमा गएका युवासमेत फर्केर कृषि र साना उद्योग सञ्चालनमा लागेको सुवेदीले बताए ।


 





  • प्रकाशित मिति : भदौ २५, २०७७ बिहीबार १३:४:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया