बिहीबार बस्ने भनिएको मन्त्रिपरिषद् बैठक स्थगित भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली नेकपाको शुक्रबारका लागि तय भएको स्थायी समिति बैठकको तयारीमा लाग्नुपर्ने भएकाले मन्त्रिपरिषद् बैठक स्थगित गर्नुपरेको प्रधानमन्त्रीको सचिवालयको भनाइ छ ।
मन्त्रीहरूलाई यसअघि बिहीबार साँझ बैठक बस्ने सूचना दिइएकोमा बिहीबार बिहान बैठक शुक्रबार बस्ने गरी स्थगित भएको अर्को जानकारी गराएको एक मन्त्रीले जानकारी दिए ।
अब बस्ने मन्त्रिपरिषद् बैठकले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक लगायत महत्त्वपूर्ण नियुक्ति र सरकारको प्रवक्ता समेत तोक्ने तयारीमा प्रधानमन्त्री रहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।