असोज १५ देखि आन्तरिक उडान खुला गर्ने मन्त्री भट्टराईको प्रस्ताव

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले असोज १५ देखि आन्तरिक उडान खुला गर्ने प्रस्ताव सिसिएमसीमा पठाएका छन् । 

असोज १५ गतेदेखि आन्तरिक उडान खुला गर्ने तयारीका साथ सिसिएमसीमा प्रस्ताव पठाएको उनले जानकारी दिएका छन् ।

बिहीबार आर्थिक पत्रकार समाज नेपाल (सेजन)ले आयोजना गरेको एक कार्यक्रममा मन्त्री भट्टराईले सो जानकारी दिएका हुन् ।

मन्त्री भट्टराईले भने, ‘आज हामीले १ असोजबाट आन्तरिक उडान खुलाउने प्रस्ताव गरेका छौँ । सम्भवतः १ असोजमा भएन भने १५ असोजबाट खुल्छ ।’

अन्तर्राष्ट्रिय उडान भदौ १६ देखि सञ्चालनमा आइसके पनि चैत ११ मा लकडाउन हुनुभन्दा केही समयअघि बन्द गरिएको आन्तरिक उडान अझै बन्द छ । 





  • प्रकाशित मिति : भदौ २५, २०७७ बिहीबार १६:२०:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया