‘संक्रमित बढे पनि एक सातासम्म निषेधाज्ञा खुकुलो नै रहने’

काठमाडौं उपत्यकामा २१ दिनपछि निषेधाज्ञा खुकुलो बनाइएकै दिन कोरोना संक्रमितको संख्याले रेकर्ड तोडेको छ । 

निषेधाज्ञा खुकुलो बनाइएकै दिन (बिहीबार) काठमाडौं उपत्यकामा मात्रै ५७२ जना कोरोना संक्रमित देखिएका छन् । जुन अहिलेसम्मको सबै भन्दा बढी हो । 

यसअघि यसरी नै उपत्यकामा संक्रमितको संख्या बढ्दा स्थानीय प्रशासनले भदौ ३ गते निषेधाज्ञा जारी गरेको थियो । अहिले खुकुलो पारेको दिन उपत्यकाकै रेकर्ड तोडेको कोरोना संक्रमणका बेला भने तत्कालै पुनः निषेधाज्ञा नलाग्ने भक्तपुर जिल्ला प्रशासनले जनाएको छ । 

भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले चौथो चरणको निषेधाज्ञामा प्रशासनबाट भएको निर्णय तत्कालै फेरबदल  नहुने बताएकी छन् ।

उनका अनुसार बुधबार भएको प्रशासनको निर्णयअनुसार उपत्यकामा ३१ गतेसम्म बजार खुकुलो नै रहनेछ । 

संक्रमित संख्या अझ बढ्दै गयो भने त्यसपछि फेरि छलफल गरेर निषेधाज्ञाबारे पुनर्विचार गर्न सकिने उनले बताइन् ।  तर, आम नागरिक अब झन सचेत हुनुपर्ने अवस्था रहेको उनको सुझाव छ ।





  • प्रकाशित मिति : भदौ २५, २०७७ बिहीबार १७:३१:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया